२० असार २०८३, शनिबार

फ्रान्सेली स्वामित्वको जहाजका ४४ कन्टेनर दक्षिण अफ्रिकानजिकै हरायो

साउन २, २०८१
काठमाडौं
फ्रान्सेली स्वामित्वको जहाजका ४४ कन्टेनर दक्षिण अफ्रिकानजिकै हरायो

गत साता समुद्रमा फ्रान्सेली स्वामित्वको एउटा जहाजबाट हराएका ४४ कन्टेनरका लागि अधिकारीहरूले बुधबार दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी कार्य जारी राखेको समुद्री निकायले बताएको छ । 

दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरण (एसएएमएसए) ले एसियाबाट ले हाभ्रेतर्फ गइरहेको अल्ट्रा–लार्ज कन्टेनर जहाजले जुलाई ९ मा डरबन सहर नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको बताएको छ । 

एसएएमएसएका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन उक्त क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताए । “हामीले पानीजहाजहरूबाट जानकारी प्राप्त गरको छौँ, तीमध्ये केहीले यस क्षेत्रमा कन्टेनर देखेका छन् तर हाम्रो हवाई सर्वेक्षणमा अहिलेसम्म कुनै कन्टेनर प्राप्त भएको छैन”, उनले भने ।


गत साता केप अफ गुड होपमा भयानक आँधीले ढुवानीलाई गम्भीररूपमा अवरोध गरेको थियो । यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा हालका महिनाहरूमा यस मार्गमा यातायातमा वृद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्