जेठ १०, २०८१
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
काठमाडाैं | साउन ३, २०८१
नेपाल प्रहरीले बेलाबखत सर्वसाधारणलाई सूचित गर्दै भन्छ– ‘चिनजान नभएको व्यक्तिलाई फेसबुकमा साथी नबनाउनू । अझ त्यस्ता व्यक्तिका स्टाटसमा लाइक र कमेन्ट त गर्दै नगर्नू ।’ तर, फेसबुकमा नचिनेका व्यक्तिलाई साथी बनाएर ठगिने वा विभिन्न फन्दामा पर्ने क्रम भने रोकिएको छैन । सशस्त्र प्रहरीकै एक महिला अधिकारी (हवल्दार) ठगको फन्दामा परेकी छन् ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ का २७ वर्षीय नरेन्द्र साउदसँग उनको फेसबुकमै चिनजान भयो । शुरूमा साउदले नै ती महिला प्रहरीलाई साथी बन्न रिक्वेष्ट पठाएका थिए । साउदले आफू काठमाडौंमा सिनियर डिभिजनल इन्जिनियर (सीडीई) भनेर परिचय गराएका थिए ।
९ महिनासम्म साउद र ती महिलाबीच गफ चल्यो । सशस्त्रकी ती महिला साउथ सुडानमा मिसनमा थिइन् । साउदले पैसा ठग्ने उद्देश्यले नै उनलाई ‘दुहुनो गाई’ बनाए । फेसबुकमा गफ चल्दै गर्दा साउदले एक दिन आमालाई क्यान्सर भएको र काठमाडौंको महँगो अस्पतालमा उपचार गराइरहेको बताए ।
शुरूमा तीन/चार लाख रुपैयाँ मागे । तर, विवाहकै प्रस्ताव गरिरहेका साउदले फकाएर पैसा पठाउन लगाए । ‘विवाह गरेर काठमाडौंमा सेटल हुने भनेर फकाउँदै साउदले ती महिलासँग रकम मागेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यतिसम्म कि साउदले आमाको नक्कली फेसबुक आईडी खोलेर महिलासँग गफ गराउँथे ।’
साउदले फेसबुकमा दीपज्योति नामको नक्कली आईडी बनाएर आमा भन्दै महिला प्रहरीसँग पटकपटक गफ गराएका थिए । ‘मेरो छोराले तिमीलाई धेरै माया गर्छ, तिमीहरूको जोडी पनि मिल्छ’ भन्दै नक्कली फेसबुक आईडीबाट महिलासँग गफ हुने गरेको थियो । उनी विश्वासमा पर्दै गइन् ।
तीन पटक गरेर १६ लाख रुपैयाँ पठाएकी ती सशस्त्र प्रहरी महिला अधिकारी सुडानबाट असारको पहिलो साता काठमाडौं उत्रिइन् । साउदलाई फोन गरिन् । उनले आफू कामले कञ्चनपुर पुगेको बताए । सशस्त्र प्रहरी महिला अधिकारीले साउदको बारेमा सबै बुझिन् ।
उनी कुनै सीडीई नभएर कञ्चनपुर निवासी रहेको थाहा पाइन् । साउदले अविवाहित भनेर ढाँटे पनि उनको विवाह भइसकेको र एउटा बच्चासमेत रहेको रहस्य पत्ता लगाइन् । त्यो कुरा साउदलाई थाहा थिएन । बरु उल्टै साउदले आमाको उपचारका लागि भन्दै पाँच लाख मागेका थिए ।
त्यसपछि मात्रै सशस्त्र प्रहरी महिला अधिकारीले आफू ठगिएको थाहा पाइन् । तब उनी पुगिन्, टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय । साउदलाई काठमाडौं बोलाएर फसेको रकम उठाउने योजनाअनुसार पाँच लाख लिन बोलाइन् । असार २६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका साउदलाई प्रहरीले नियन्त्रणमा लियो । थप अनुसन्धान गर्दा साउदले कुवेतमा एक अस्पतालमा काम गरिरहेकी एक महिलाबाट ८ लाख ३० हजार ठगेको पत्ता लाग्यो ।
साउद पक्राउ परेको सार्वजनिक भएपछि ती महिलाका भाइ साउदविरुद्ध उजुरी दिन अनुसन्धान कार्यालय पुगेका थिए । कुवेतमा रहेकी महिलालाई पनि विवाह गर्ने भनेर फकाएका थिए । ती महिलालाई समेत साउदले काठमाडौंमै घर रहेको र यतै बस्ने गरेको बताएका थिए ।
अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराइका अनुसार साउदले अरु महिलालाई पनि यसैगरी ललाइफकाइ गरेर ठगेको आशंका छ। ‘कोही कसैले फेसबुकमा साथी बनाउन रिक्वेष्ट पठायो भन्दैमा आँखा चिम्लेर किन स्वीकार गर्नु ?,’ उनले भने, ‘एकपटक भेटेको छैन, पटकपटक पैसा पठाउभन्दा कुन विश्वासले पठाउनू ? यसमा ठगले त ठग्ने नै भइहाल्यो, पैसा खुरुखुरु पठाउनेको पनि हदैसम्मको लापरबाही हो ।’
प्रहरीले बुझ्दै जाँदा साउदको कञ्चनपुरमा दुई वटा स्कुल सञ्चालनमा रहेछन् । परिवारको आर्थिक हैसियत राम्रै हुँदा पनि साउदले ठगी धन्दा गरेको प्रहरीले जनाएको छ । साउदविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा ठगी र आपराधिक विश्वासघातमा मुद्दा गरेर अनुसन्धान गरिरहेको छ ।
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...