२० असार २०८३, शनिबार
मन्त्रिपरिषद् बैठकको निर्णय

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा

साउन ३, २०८१
काठमाडौं
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गरेको छ । 

बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

नेकपा (एमाले)का उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।

डा खतिवडा पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री कार्यालयमा रहेको विभिन्न समितिलाई समेत पूर्णता दिने निर्णय भएको छ ।

सरकारले यसअघि वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको थियो । महान्यायाधिवक्ताले सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा काम गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्