३१ असार २०८३, बुधबार

पोखरामा बुद्धिचाल प्रतियोगिता हुँदै

साउन ३, २०८१
काठमाडौं
पोखरामा बुद्धिचाल प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को एक सयऔँ वर्षका अवसरमा पोखरामा २० वर्षमुनिको खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । 

हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा–१७ विरौटामा यही साउन ४ र ५ गते दुई दिन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले लिगका आधारमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । 

उनका अनुसार नौ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले पूरा चरणमा खेल खेल्नुपर्नेछ । प्रतियोगितामा एक सय १० जना खेलाडीको सहभागिता छ । प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्