२९ असार २०८३, सोमबार

मार्तडी कारागार नजिकै पहिरो, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

साउन ४, २०८१
बाजुरा
मार्तडी कारागार नजिकै पहिरो, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
फाइल फोटो

अविरल वर्षापछि आएको पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिए ।

उनका अनुसार राजमार्गको बूढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएको बताए ।

राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।​​

बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसाँघु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।

salt training

कमेन्ट गर्नुहोस्