०७ असार २०८३, आइतबार

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते मोटरसाइकल

साउन ४, २०८१
काठमाडौं
एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते मोटरसाइकल

झापाको झापा गाउँपालिका- ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन् ।

खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत उनले बाइक जितेका हुन् ।

आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरूप कम्पनीले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रम लागू गरेको थियो ।

बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले गणेशलाई १२५ सीसीको उक्त मोटरसाइकल हस्तान्तरण गरे ।

यस कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए ।

यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टीभी, स्मार्ट फोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।

null

बम्पर उपहारका रूपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए । जसमा गोला प्रथामार्फत नगेन्द्र छानिएका हुन् ।

यस कार्यक्रमअन्तर्गत देशभरबाट १ हजार १०० जना खुद्रा बिक्रेताहरूले विभिन्न उपहार पाएका छन् । 

यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न र खुद्रा बिक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो ।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । 

एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यावसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ ।

null

साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ ।

आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरूलाई पहिलेभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवा प्रदान गर्दै आएको छ ।

अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरूका साथ निर्धक्क सेवा पाइने यो योजनाको मुख्य विशेषताहरु रहेका छन् ।

null

null

कमेन्ट गर्नुहोस्