२८ जेठ २०८३, बिहीबार
अवकाशको नजिकिँदो मिति

निमित्त मुख्यसचिवसहित १७ सचिव चालु आवमा घर फर्किने, क-कसको सकिँदैछ कार्यकाल ?

साउन ४, २०८१
काठमाडौं
निमित्त मुख्यसचिवसहित १७ सचिव चालु आवमा घर फर्किने, क-कसको सकिँदैछ कार्यकाल ?

चालू आर्थिक वर्ष २०८१/०८२ मा निमित्त मुख्यसचिव लीलादेवी गड्तौलासहित १७ जना सचिव सेवानिवृत्त हुने भएका छन् ।

राष्ट्रिय किताबखाना (निजामती) कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउनेछिन् ।

त्यसैगरी अहिलेका सचिवहरूमध्येका सबैभन्दा सिनियर तोयनारायण ज्ञवाली (राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत)ले पनि यही भदौ २२ गते अवकाश पाउनेछन् ।

सिनियरमध्ये दोस्रो स्थानमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले २०८१ कात्तिक ५ गते अवकाश पाउनेछन् । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार रहँदासम्म उनी मुख्यसचिवको दौडमा थिए ।

त्यसैगरी, सिनियरमध्ये तेस्रो स्थानमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले २०८१ माघ २० गते अवकाश पाउनेछन् ।

त्यसैगरी, नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका टेकनारायण पाण्डेले पनि २०८१ फागुन १२ गते अवकाश पाउनेछन् ।

null

गृहसचिवको भूमिकामा रहेका बेला गरेका निर्णयका आधारमा पक्राउ परेका पाण्डे निलम्बित छन् । उनको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छ ।

त्यसैगरी, मुख्यसचिवको दौडमा रहेका गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले पनि २०८१ फागुन १८ गते अवकाश पाउनेछन् ।

राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेलले २०८२ वैशाख २ गते अवकाश पाउनेछन् ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दरबन्दी रहेका सचिव उदयराज सापकोटा २०८२ जेठ २८ गते सेवानिवृत्त हुनेछन् ।

संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का २०८२ जेठ ३० गते र अर्थसचिव मधुकुमार मरासिनी फागुन १६ गते सेवानिवृत हुनेछन् ।

शहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले २०८१ मंसिर  १३ गते, नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीले २०८१ मंसिर २८ गते अवकाश पाउनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे २०८२ वैशाख ३० गते, महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारीले २०८२ असार ६ गते अवकाश पाउनेछन् ।

त्यसैगरी, परराष्ट्र सचिव सेवा लम्साल २०८२ असार ५ गते र महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंह २०८२ वैशाख २५ गते सेवानिवृत्त हुनेछन् ।

उमेर हद र पदावधि सकिएको आधारमा ती १७ सचिवले चालू आर्थिक वर्षमा अवकाश पाउनेछन् । 

अवकाश पाउन लागेका सचिवहरूको सूची

salt training

कमेन्ट गर्नुहोस्