२६ असार २०८३, शुक्रबार

एसीसी एशिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

साउन ४, २०८१
काठमाडौं
एसीसी एशिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

नवौं महिला एशिया कप क्रिकेटमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनायो ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।

पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्