२८ जेठ २०८३, बिहीबार

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन ५, २०८१
काठमाडौं
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी नआउँदासम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न निर्देशन दिएका छन् ।

शनिबार सुन्दरीजलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । 

वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतहरूबाट पानी व्यवस्थापन गर्न उनले निर्देशन दिए ।

काठमाडौंवासीको लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

'मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण वस्तु पानी हो । काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस् । बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ, मन्त्रालयबाट म व्यवस्था गर्छु,' उनले भने ।

null

मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको बताए । वैकल्पिक स्रोतहरू प्रयोग गरेर पानी आपूर्ति गर्न उनले निर्देशन दिए ।

उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्