२९ असार २०८३, सोमबार

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

साउन ५, २०८१
बुटवल
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार (भोलि) विश्वासको मत लिने भएका छन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले  जानकारी दिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच साझेदारी बनेपछि एमालेले समर्थन फिर्ता लिने सरकारमा सहभागी ५ जना मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

लुम्बिनी अब कांग्रेस र एमाले नयाँ सरकार बनाउन लागेको छन् । रोल्पाबाट निर्वाचित नेकपा माओवादी संसदीय दलका नेता महरा २३ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ११ दलको प्रतिनिधित्व छ । सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्