२८ जेठ २०८३, बिहीबार

मेक्सिकोमा आदिवासी अधिकारकर्मीको गोली हानी हत्या

साउन ५, २०८१
काठमाडौं
मेक्सिकोमा आदिवासी अधिकारकर्मीको गोली हानी हत्या

मेक्सिको सिटी- मेक्सिकोका एक आदिवासी अधिकारकर्मी र उनको परिवारको हत्या भएको छ उनीहरूको अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको अभियोजकको कार्यालयले जनाएको छ। 

दक्षिणी राज्य ओक्साकाको राजमार्गमा यात्रा गरिरहेका अधिकारकर्मी लोरेन्जो सान्तोस टोरेस र उनका परिवार सवार पिक–अप ट्रक रोकेर विहीवार गोली हानी हत्या गरिएको थियो । त्यसपछि आक्रमणकारीहरूले टोरेस र उनका परिवारका सदस्यलाई भित्र राखेर गाडीमा आगो लगाइदिएको राज्य अभियोजकको कार्यालयले जनाएको छ । 

‘हिंसात्मक तरिकाले भएको अपराधको हामी निन्दा गर्दछौँ,’ राज्य अभियोजक बर्नार्डो रोड्रिग्ज अलामिलाले पत्रकारहरूलाई भने । उनले उक्त आक्रमण ’बदलाको भावनाबाट प्रेरित’ भएको हुन सक्ने बताए ।  

टोरेस ओक्साकामा सक्रिय मानवअधिकार अभियानकर्ता हुन् ।  

आदिवासीका लागि मानवअधिकार तथा परामर्श केन्द्र (सेडापी)का अनुसार आदिवासी समुदायको राजनीतिक, सामाजिक र भूमि अधिकारको रक्षाका लागि गरिएको कामका लागि उनलाई धम्की आएको थियो। 

‘लोरेन्जो सान्टोस टोरेसले सान्टियागो अमोलटेपेक शहरको नगरपालिकाका अधिकारीहरूले गरेको अन्यायको विरोध गर्नुभएको थियो,’ हत्याराहरूलाई सजाय दिन आह्वान गर्दै सेडापीले भन्यो ।  

लामो समयदेखि लागुऔषध तस्करी र कृषि भूमिसम्बन्धी विवादसँग जुधिरहेको मेक्सिकोमा हालैका वर्षहरूमा धेरै मानवअधिकारकर्मीको हत्या भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्