२५ जेठ २०८३, सोमबार

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

साउन ५, २०८१
काठमाडौं
आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन् । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेलले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 

अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भने, “देशमा जे–जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।”

आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले सार्थक प्रयास गर्ने विश्वास दिलाउँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा आगाडि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्