०६ साउन २०८३, बुधबार
सौर्य एयर विमान दुर्घटना

केएमसीमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखियो, एमआरआई गर्ने तयारी

साउन १०, २०८१
काठमाडौं
केएमसीमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखियो, एमआरआई गर्ने तयारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमाग(ब्रेन)मा दाग देखिएको छ । 

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखिएको अस्पतालका न्युरो सर्जन डा. अमित थापाले लोकान्तरलाई जानकारी दिए । 

थापाका अनुसार अब एमआरआई गरेपछि उक्त दागबारे विस्तृत पत्ता लाग्ने छ । टाउकोको एमआरआई गर्ने तयारी रहेको उनले बताए । 'ब्रेनमा सानो दागजस्तो देखिएको छ । त्यो कस्तो र के हो भन्ने यकिन छैन,' लोकान्तरसँग उनले भने, 'अब एमआरआई गरेपछि थाहा होला । एमआरआई गर्ने तयारी छ ।'

यस्तै, शाक्यको 'रिब्स र स्पाइन फ्र्याक्चर' भएको अस्पतालकै डा. नवीन मिश्रले बताए । फ्र्याक्चर भए पनि यताउति नभएकोले त्यसमा धेरै खतरा नरहेको उनको भनाइ छ । 

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा शाक्य घाइते भएका थिए । शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

दुर्घटनामा पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्