
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोअनुसार अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेकी छन् ।
उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।
प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । तर चौधरीलाई प्रधानमन्त्रीले राज्यमन्त्री बनाउनेबारे केही जवाफ भने नाउपालाई दिइसकेका छैनन् ।