
पौडी खेल्ने क्रम तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर आफन्त घर आएका दुई बालक पौडी खेल्न तिनाउमा गएका थिए ।
बागलुङको बरेङ गाउँपालिका-४ घर भई बुद्धनगर बस्ने १२ वर्षका विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षका विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो ।
विवशको शव फेला परे पनि पाण्डेको अवस्था अझै पत्ता लाग्न नसेकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।
तीन जना बालकहरू पौडी खेल्न गएका थिए । दुई जनालाई नदीले बगाएपछि अर्का एक जानले आफन्तलाई खबर गरेका थिए ।