२९ जेठ २०८३, शुक्रबार

जाजरकोट भूकम्पले मुहान सुक्यो, रिम्नामा खानेपानीको संकट

साउन १४, २०८१
सुर्खेत
जाजरकोट भूकम्पले मुहान सुक्यो, रिम्नामा खानेपानीको संकट
फाइल तस्वीर

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ ।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो । 

रिम्नावासी भावना रानाले भने, 'अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।'

भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताए । उनले भने, 'हाम्रो दुःख बुझ्ने कोही भएनन् ।' 

salt training

कमेन्ट गर्नुहोस्