३० असार २०८३, मंगलबार

अमेरिकाको टेक्ससस्थित एउटा ग्यास स्टेशनमा कार्यरत नेपालीको गोलीहानी हत्या

साउन १४, २०८१
काठमाडौं
अमेरिकाको टेक्ससस्थित एउटा ग्यास स्टेशनमा कार्यरत नेपालीको गोलीहानी हत्या

अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् ।

टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको खसोखासडटकमले जनाएको छ । उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। 

स्थानीय समयअनुसार आइतबार बिहान उनको गोली हानी हत्या भएको समाचारमा उल्लेख छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।

घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको अधिकारीहरूले बताएका छन् । 

गत वर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका एक नेपालीको गोली हानी हत्या भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्