ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा चट्याङले पिपलको रुख दुई चिरा परेको छ ।
लुभुमा रहेको चौतारोमा रहेको ठूलो पिपलको रुख गएराति चट्याङले दुई चिरा परेको हो ।
पिपलको रुख ढलेर बिजुलीको तारमा समेत क्षति भएको स्थानीयले बताएका छन् ।
स्थानीका अनुसार रुख ढलेका कारण सडक समेत अवरुद्ध भएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी र नगर प्रहरीले ढलेको रुख काटेर पन्छाउने काम गरिरहेको स्थानीयले बताएका छन् ।
राति सवा २ बजे पिपलको रुखमा चट्याङ परेको थियो ।