१० साउन २०८३, आइतबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

साउन २१, २०८१
काठमाडौं
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्