×

लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माओवादीको आग्रह

काठमाडाैं | साउन २१, २०८१

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिन माग गरेको छ । प्रतिपक्षमा पुगेसँगै माओवादीले लेखा समितिको दाबी गरेको हो । 

Laxmi Bank

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र सांसद माधव सापकोटाले लेखा समितिको सभापति छाड्न माग गरेका हुन् ।


Advertisment

लेखा समितिको नेतृत्वमा अहिले एमाले छ ।


Advertisment

‘सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने लोकतान्त्रिक पद्धति पालना गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ शून्य समयमा सचेतक पाण्डेले भने ।

त्यसअघि प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद माधव सापकोटाले लेखा समिति विपक्षी दलको हुने भन्दै नेतृत्व छाड्न आग्रह गरेका थिए ।

‘संसदीय व्यवस्थामा लेखा समितिको नेतृत्व विपक्षी दलको हुन्छ, तत्काल प्रतिपक्षलाई दिइयोस्,’ सापकोटाले भने ।

लेखा समितिको सभापति विपक्षी दललाई दिने नेपालको संसदीय परम्परा छ । माओवादी–कांग्रेसको सरकार रहेका बेला तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लेखाको नेतृत्व दिइएको थियो ।

एमाले सांसद ऋषिकेश पोखरेल अहिले समितिको सभापति छन् ।

नेपाल विद्युत् प्राधिकरणको ट्रंक लाइन र डेडिकेडेड फिडरसम्बन्धी विवाद लेखा समितिमा बल्झिएको छ ।

त्यही बेला माओवादीले लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x