काठमाडौं, ११ कात्तिक— सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रीबस धादिङमा दुर्घटना भएको छ । शनिबार बिहान ६ बजेतिर ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीले बसमा ३० यात्रु रहेको अनुमान गरिएको जानकारी दिँदै उद्दार कार्य जारी राखिएको बताएको छ । उद्दार गरिएका घाइतेहरुलाई गजुरी अस्पतालमा राखिएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।