२४ जेठ २०८३, आइतबार

विदेशमा बसेर नेपाली महिलाको फेसबूक ह्याक गर्ने १ जना पक्राउ

साउन २१, २०८१
काठमाडौं
विदेशमा बसेर नेपाली महिलाको फेसबूक ह्याक गर्ने १ जना पक्राउ
फाइल फोटो

 

 

विदेशमा बसेर महिलाको फेसबूक ह्याक गरी साइबर अपराध गर्ने एक जनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ​

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् ।

उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

थापाले पीडितको फेसबूक ह्याकगरी उनको म्यासेन्जरमा पीडित र उनका श्रीमान्‌बीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बताए । 

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा मिसिल पेस भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्