३० असार २०८३, मंगलबार

हुन्डाईले सार्वजनिक गर्‍यो नयाँ क्रेटा, यस्ता छन् विशेषता

साउन २२, २०८१
काठमाडौं
हुन्डाईले सार्वजनिक गर्‍यो नयाँ क्रेटा, यस्ता छन् विशेषता

​लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।​

मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीका क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ।

साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।

त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ।

गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ ।

यसमा दुवै स्कृन समान १०.२५ इन्चका छन् ।

सन् २०१५ बाट नेपालमा क्रेटाको बिक्री थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक हो ।

salt training

कमेन्ट गर्नुहोस्