३२ असार २०८३, बिहीबार

त्रिशुली बस दुर्घटना अपडेटः नदीमा ५ जनाको शव भेटियो

कात्तिक २०, २०७४
त्रिशुली बस दुर्घटना अपडेटः नदीमा ५ जनाको शव भेटियो

धादिङ, ११ कार्तिक– सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रीबस धादिङको गजुजरी–५ धारबेसीबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रहरीले नदीबाट ५ जनाको शव निकालिएको जनाएको छ । 

शनिबार बिहान ६ बजेतिर ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । बसमा ३० जना यात्रु रहेको प्रहरीको अनुमान छ ।

नदीबाट १४ जना यात्रुको उद्दार गरिएको प्रहरीले जनाएको छ । तर बस फेला नपरेको प्रहरीले जनायो । उद्दार गरिएका घाइतेहरुलाई गजुरी अस्पतालमा राखिएको छ ।

बस फेला नपरेकाले मृत्यु हुने यात्रुको संख्या बढ्न सक्ने प्रहरीको जनाएको छ । बसमा रहेका ९ यात्रु अझै बेपत्ता रहेका जनाइएको छ ।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्