०५ साउन २०८३, मंगलबार

मधेशमा पाँच राज्यमन्त्री थपिए

साउन २२, २०८१
काठमाडौं
मधेशमा पाँच राज्यमन्त्री थपिए
मुख्यमन्त्री सतिशकुमार सिंह ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनःगठन भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलवार मन्त्रिपरिषद् पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेकपा (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक/एक गरी पाँचजना राज्यमन्त्री थपिएका हुन् ।  

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।     

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसँगै मधेश सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै ठूलो आकारको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्