२९ जेठ २०८३, शुक्रबार

इटहरी उपमहानगरले विद्युतीय बस सञ्चालन गर्दै

साउन २३, २०८१
धरान
इटहरी उपमहानगरले विद्युतीय बस सञ्चालन गर्दै

सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत सेवा शुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

यसले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने उनले विश्वास व्यक्त गरे। इटहरीका चारवटै क्षेत्रलाई समेट्नेगरी रुट तय गर्ने काम भइरहेको उनले बताए । 

सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन हुने उनको भनाइ छ । उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले छ करोड ३६ लाख ८६ हजार रुपैयाँ लागतमा बस खरिद गरिएको बताए । उनले भने, 'बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।'

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्