
पेरिस ओलम्पिकको कुस्ती प्रतियोगिताको फाइनलअघि एक भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छन् ।
फाइनल खेलका लागि बढी तौल देखिएपछि फोगाट अयोग्य घोषित भएकी हुन् । विनेशको तौल तोकिएभन्दा करिब १०० ग्राम बढी रहेको पाइएको थियो ।
टोलीले रातभर मेहनत गरेपछि पनि विनेशको ५० किलोभन्दा तौल केही ग्राम बढी देखिएको थियो ।
भारतीय ओलम्पिक संघले विज्ञप्ति जारी गर्दै विनेश फोगाटलाई ५० किलो तौल समूहबाट हटाएको अत्यन्तै दु:खका साथ जानकारी गराउनु परेको जनाएको छ । भारतीय ओलम्पिक संघले यस विषयमा थप प्रतिक्रिया नदिने जनाएको छ ।
विनेशले महिला कुस्तीको ५० केजी तौल समूहमा क्युबाली खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएकी थिइन् ।