२२ असार २०८३, सोमबार

पेरिस ओलम्पिकः २४ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

साउन २३, २०८१
काठमाडौं
पेरिस ओलम्पिकः २४ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

फ्रान्समा जारी पेरिस ओलम्पिकमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदक जितेर अङ्क तालिकाकाे शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले  २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक हात पारेको छ । 

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्ड्सले आठ स्वर्ण, पाँच रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ ।

जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्