
संविधानसभा सदस्य एवं उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ ।
मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको ७७ वर्षको उमेरमा सोमबार राति सानेपास्थित निजी निवासमा निधन भएको हो ।
उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।
नेपाल उद्योग परिसङ्घले शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।