२४ असार २०८३, बुधबार
हेलिकप्टर दुर्घटना अपडेट

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: मृतक पाँचमध्ये चारजना चिनियाँ नागरिक

साउन २३, २०८१
काठमाडौं
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: मृतक पाँचमध्ये चारजना चिनियाँ नागरिक

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चारजना चिनियाँ नागरिक रहेको खुलेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार हेलिकप्टर पाइलट अरुण मल्लले उडाएका थिए । 

‘यात्रुमध्ये चारैजना चिनियाँ नागरिक रहेको खुलेको छ,’ उनले भने, ‘प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेका छन्, थप विवरण आउँदै छ ।’

दुर्घटनाबाट पाइलट मल्लसहित पाँचै जनाको ज्यान गएको छ । ज्यान गुमाउने चिनियाँ नागरिकमा जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सी रहेका छन् ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधवार दिउँसो दुर्घटनामा परेको हो ।

 
 

salt training

कमेन्ट गर्नुहोस्