१० साउन २०८३, आइतबार

राष्ट्रिय ध्वजावाहक जहाजलाई गर्व गर्न लायक बनाउन मन्त्री पाण्डेकाे निर्देशन

साउन २६, २०८१
काठमाडौं
राष्ट्रिय ध्वजावाहक जहाजलाई गर्व गर्न लायक बनाउन मन्त्री पाण्डेकाे निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारी सँग छलफल गरेका छन्  । 

शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वाहक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन् । 

 छलफलका क्रममा मन्त्री पाण्डेले भने, 'राष्ट्रिय ध्वजा वाहक विमान आम नेपाली जनताको गर्व गर्न लायक सम्पत्ति बन्न पर्छ।त्यसका लागि वायुसेवा निगमले जिम्मेवार भएर काम गर्नु पर्‍यो। काम गर्दा कहीँ कतै नीतिगत कठिनाइ भएमा मन्त्रालय सदैव सहयोग गर्न तयार छ।'

 मन्त्रालयका  सचिव गणेश पाण्डे सहितको आन्तरिक छलफलका क्रममा ग्राउन्डेड भएका सिचेकका लागि इटली पठाएको न्याराे बडीका विषयमा समेत जानकारी लिएका थिए । साथै उनले  चाडपर्व नजिक आइरहेको अवस्थामा टुईनेटर विमानको यथाशीघ्र मर्म र सम्भार गर्दै दुर्गम क्षेत्रमा सेवा दिन कडा रूपमा निर्देशन समेत दिए । 

salt training

कमेन्ट गर्नुहोस्