०७ असार २०८३, आइतबार

खुकुरी प्रहार गरेको आरोपमा २ जना पक्राउ

साउन २७, २०८१
काठमाडौं
खुकुरी प्रहार गरेको आरोपमा २ जना पक्राउ

ज्यान मार्ने उद्देश्यले एक व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा खाँदवारी नगरपालिका– ५ भोटेबासका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँ बस्ने  ३० वर्षीय रिन्जी शेर्पा छन् ।

उनीहरूले शनिबार राति साढे १० बजे काठमाडौं महानगरपालिका– २५ उग्रतारा मन्दिर अगाडि रुकुम पूर्वका २४ वर्षीय सुमन खड्कामाथि ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खड्कालाई खुकुरी प्रहार गरेर भागेका उनीहरूलाई पुरानो बसपार्कबाट नियन्त्रणमा लिई प्रहरी वृत्त जनसेवामा बुझाइएको छ ।

आपसी लेनदेनको विषय नमिलेर खड्कामाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्