२९ जेठ २०८३, शुक्रबार

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र, ७ दिने अल्टिमेटम

साउन २७, २०८१
धनुषा
कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र, ७ दिने अल्टिमेटम

हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने  कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । 

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक शूत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवले जानकारी दिए ।

माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनले बताए ।

ज्ञापन पत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित वृहत् र्‍याली निकालिएको थियो । 

ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्