२३ जेठ २०८३, शनिबार

मापदण्ड विपरीत सञ्चालित फार्मेसी सिल

साउन २८, २०८१
हुम्ला
मापदण्ड विपरीत सञ्चालित फार्मेसी सिल
फाइल फोटो

हुम्लाको सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ ।

सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एन्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए ।

उक्त फार्मेसीले दर्ता नगरेको, मूल्य सूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रेका औषधि नष्ट गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्