२५ जेठ २०८३, सोमबार

एक सातापछि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन २९, २०८१
काठमाडौं
एक सातापछि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै छ । एक सातापछि बस्न लागेको बैठक दिउँसो १ बजे बस्ने छ । 

प्रतिनिधिसभा बैठक यसअघि साउन २१ बसेको थियो । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा छ । 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ । 

यस्तो छ सम्भावित कार्यसूची

 

null

salt training

कमेन्ट गर्नुहोस्