२१ जेठ २०८३, बिहीबार

प्रत्यक्ष चुनाव लड्न खोजेका बादलले भेटाएनन् चुनावी क्षेत्र !

कात्तिक २०, २०७४
प्रत्यक्ष चुनाव लड्न खोजेका बादलले भेटाएनन् चुनावी क्षेत्र !
काठमाडौं १२ कात्तिक– प्रमुख दलका अधिकाशं नेताको चुनाव लड्ने क्षेत्रबारे टुंगो लागेपनि माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापाले चुनाव लड्ने क्षेत्रको टुंगो लाग्न सकेको छैन् ।

माओवादीका पूर्व महासचिव एवं पूर्व रक्षामन्त्री थापा प्रत्यक्षबाटै चुनाव लड्न खोजेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका थापा यसपटक ललितपुर १ बाट चुनाव लड्ने योजनामा थिए । ललितपुरमा ३ क्षेत्रमध्ये २ मा एमाले र एउटा क्षेत्रमा माओवादीले उम्मेदवार उठाउनेगरी सहमित भएको थियो ।

माओवादीले पाएको क्षेत्र नम्बर ३ बाट प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्ने पक्का भएको छ । पहिलो संविधानसभा निर्वाचनमा विजयी भएको र स्थानीयमाझ लोकप्रिय रहेकोले भुसाल ललितपुरबाटै चुनाव लड्ने पक्का भएको हो ।

थापाले रोजेको ललितपुर १ बाट एमालेले भर्खरै पार्टी प्रवेश गरेका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई टिकट दिने तयारी गरेको छ । चितवन २ बाट भने गत संविधानसभा निर्वाचनमा विजयी एमालेका कृष्णभक्त पोखरेल उठ्ने लगभग पक्का भएको छ ।

आफूले रोजेको क्षेत्र नपाएपछि नेता थापा काठमाडौं १० बाट चुनाव लड्ने या समानुपातिकको सूचीमा बस्ने सम्भावना रहेको माओवादी स्रोतले बतायो । समानुपातिक तर्फको सूची सच्चाउने म्याद आइतवार भएकोले थापाको उम्मेदवारीबारे आइतवार नै टुंगो लाग्ने माओवादी स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्