३० जेठ २०८३, शनिबार
रास्वपा संसदीय दल

भ्रष्टाचार मुद्दामा हदम्याद नस्वीकार्ने रास्वपाको निर्णय

साउन २९, २०८१
काठमाडौं
भ्रष्टाचार मुद्दामा हदम्याद नस्वीकार्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयलाई नस्वीकार्ने निर्णय गरेको छ ।

मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नभएको निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,’ परियारले भने, ‘रास्वपाले यसलाई स्वीकार्दैन ।'

भ्रष्टाचारको विषयमा सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेपछि रास्वपाले विरोध जनाएको हो । 

बैठकले कानून समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्‌बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्