२२ असार २०८३, सोमबार

एक वर्षमा झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने धेरै

साउन ३१, २०८१
झापा
एक वर्षमा झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने धेरै

 जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या  बढेको  देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ । 

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्