१९ असार २०८३, शुक्रबार

जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु

साउन ३१, २०८१
सुर्खेत
जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया बालिका मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार  घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यस्तै जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए । –रासस 

salt training

कमेन्ट गर्नुहोस्