०८ साउन २०८३, शुक्रबार

यस्तो थियो बाढीले ध्वस्त बनाउनु अघिको थामे [तस्बिर]

साउन ३२, २०८१
काठमाडौं
यस्तो थियो बाढीले ध्वस्त बनाउनु अघिको थामे [तस्बिर]
फोटोः कृष्ण गुरागाइँ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा शुक्रबार दिउँसो आएको बाढीले थामे बजार प्रभावित बनेको छ । 

स्थानीय थामेखोलामा आएको अत्याशित बाढीले त्यहीँको तटीय क्षेत्रको गाउँ नराम्ररी प्रभावित भएको गाउँपालिकाले जनाएको छ । 

बाढी आएको ठाउँमा ठूलो पानी  परेको थिएन । तर माथिल्लो भेगबाट एकाएक लेदोसहितको बाढी आएपछि क्षणभरमा थामे ध्वस्त बनेको हो।  

बाढीले बगाएर खुम्बु पासाङल्हामु गाउँपालिका–५का एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
बाढीअघिको थामे निकै सुन्दर थियो । अहिले ध्वस्त बनेको छ ।  लोकान्तरलाई प्राप्त बाढीअघिको थामे तस्बिर हेर्नुहोस्

null

salt training

कमेन्ट गर्नुहोस्