१० साउन २०८३, आइतबार

चितवनमा १० हजारभन्दा बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप

साउन ३२, २०८१
चितवन
चितवनमा १० हजारभन्दा बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप

जिल्लाका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।

पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए । उनकानुसार खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्