०१ असार २०८३, सोमबार

हेटौँडामा मोटरसाइकलकाे ठक्करबाट पाँच वर्षीय बालकको ज्यान गयो

भदौ १, २०८१
काठमाडौं
हेटौँडामा मोटरसाइकलकाे ठक्करबाट पाँच वर्षीय बालकको ज्यान गयो

मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९ धापमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

शनिवार मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्