
विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ साथैमा लगेको पाइएको छ । यो एक वर्षको तथ्याङ्क हो ।
नेपालबाट विदेशमा बढ्न जाने विद्यार्थीहरूले २०८१ असार महिनासम्म १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ आफूसँगै लगेको नेपाल राष्ट्र बैंकले तथ्याङ्कले देखाएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट भ्रमणमा जाँदा बाहिरिने पैसा ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेको छ ।
जसमध्ये शिक्षा तर्फबाट मात्रै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ ।
जुन अघिल्लो वर्ष भ्रमणबाट बाहिरिने रकम १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षा तर्फबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।