
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफू मन्त्री भएपछि गरेका २३ कामको सूची सार्वजनिक गरेका छन् ।
मन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्मा पेश गरिएको लगायत मन्त्रालयअन्तर्गतका सबै विभागहरूको वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने काम सम्पन्न भएको जनाएको हो ।
त्यस्तै एक महिनाको उपलब्धिका रूपमा वर्षात् अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा २ घण्टाभित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाइएको पनि उल्लेख छ ।
त्यसका लागि १ सय ३५ वटा यान्त्रिक उपकरणहरू विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएको र १२९ वटा यान्त्रिक उपकरणहरू आवश्यकताअनुसार तत्काल परिचालन हुने गरी स्ट्याण्डबाइ राखिएको प्रगति विवरणमा उल्लेख छ ।
यससँगै वर्षातका कारण अवरुद्ध हुने सडक यातायातको लाइभ जानकारी मन्त्रीको कार्यकक्षमै हुने गरी रोड क्लोजर अपडेटको सिस्टम जडान गरिएको लाई पनि उपलब्धिका रूपमा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता छन् अन्य उपलब्धिहरू:



