
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरूलाई निषेधित र नियन्त्रण गर्न नहुने बताएका छन् ।
आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ नामक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानीकर्ताहरूलाई नियन्त्रण गर्न नहुने बताएका हुन् ।
‘नेपालको बैंकिङ क्षेत्र व्यवस्थित छ । नियमन र सुपरीवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिऊँ, तर लगानीकर्ताहरूलाई निषेधित र नियन्त्रण नगरौं,' उनले भने, 'बैंक तथा वित्तीय संस्थासम्बन्धी एन आएको छ । नेपाल राष्ट्र बैङ्क वेस्ट रेगुलेटरको रूपमा रहेको छ ।'
अहिलेकै प्रावधान रहिरहेमा भइरहेका उद्योगहरू समेत बन्द हुने उनको भनाइ छ । उद्योगमा लगानी बढाउनुपर्ने उनले बताए ।