२९ जेठ २०८३, शुक्रबार

रास्वपा केन्द्रीय समिति बस्दै, के–के छन् एजेण्डा ?

भदौ ३, २०८१
काठमाडौं
रास्वपा केन्द्रीय समिति बस्दै, के–के छन् एजेण्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्ने तय भएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार बिहान ८ बजे बस्ने तय भएको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा प्रस्ताव गरिएको जानकारी दिए । 

जसअनुसार बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने एजेण्डा छ  । यस्तै कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको उपस्थितिमा कार्यक्रम, संगठन निर्माण सम्बन्धी कार्यबिधी संशोधन,  केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल, स्थानीय तह उपनिर्वाचन बारे, संविधान दिवसको कार्यक्रमबारे र विविध भनेर ७ एजेण्डा तय भएको रास्वपाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्