२८ जेठ २०८३, बिहीबार

आज उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

भदौ ४, २०८१
काठमाडौं
आज उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

गाइजात्रा पर्वको अवसरमा मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले बिदाबारे जानकारी गराएको हो । 

वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्