०२ साउन २०८३, शनिबार

यस वर्षको गौरा भदौ १० गते मनाइने

भदौ ४, २०८१
काठमाडौं
यस वर्षको गौरा भदौ १० गते मनाइने
फाइल फोटो

सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।​

अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।'​

​अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्‍तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरा पर्व मनाइनेछ ।

भदौ ११ गतेपछि आ-आफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्