०३ असार २०८३, बुधबार

हार्ने डरले सुरक्षित सिट खोज्दै ठूला नेता

कात्तिक २०, २०७४
हार्ने डरले सुरक्षित सिट खोज्दै ठूला नेता
काठमाडौँ, १३ कात्तिक - दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन दलहरू अन्तिम कसरतमा जुटिरहेका बेला सुदूरपश्चिमका ठूला नेताहरू भने समानुपातिकमा सिट सुरक्षित पार्न थालेका छन् । प्रत्यक्षमा चुनाव लड्दा जित हारको बराबर जस्तै सम्भावना रहे पनि पार्टीले डेढ प्रतिशत मत खसेको हिसाबले ल्याएमा समानुपातिक सांसद बन्न पाइने भएकाले केही ठूला दलका नेताहरूले विकल्पको बाटोको खोजी गरेका हुन्, गोरखापत्रमा खबर छ ।Congress-Ballot

मङ्सिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झैँ दोस्रो चरणको निर्वाचनमा पनि ठूला नेताहरू समानुपातिकबाट सांसद बन्ने दाउमा लागेका छन् तर आफू हारिने डरले भन्दा पनि युवा नेताहरूलाई अवसर दिनका लागि पार्टीको निर्णयअनुसार अगाडि बढेको काँग्रेस पूर्व पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए । हारेका नेताहरू फेरि पनि हारिने डरले प्रत्यक्षबाट पछाडि हट्दा जितेकाहरू पनि जित्नेमा ढुक्क नभएपछि समानुपातिकको कोटाबाट सांसद बन्ने दाउतिर लागेका छन् । प्रदेश नम्बर ७ का केही जिल्लाहरूमा बाम गठबन्धन बलियो भएका कारण काँग्रेसका नेताहरू प्रत्यक्षमा चुनावमा होमिन डराइरहेका छन् ।

बाम गठबन्धन हुँदा पनि सय प्रतिशत ढुक्क हुन सकिने अवस्था रहेको जिल्लाका नेताहरू पनि समानुपातिकको लाइनमा उभिएका छन् । नेकपा एमालेको तर्फबाट प्रदेश नम्बर ७ मा मुख्य मन्त्रीका लागि प्रबल दाबेदार रहेका पूर्व उद्योगमन्त्री कर्ण थापाले हारिने डर भन्दा पनि पार्टीको आदेशको पालना गरेको बताए । काँग्रेसको केन्द्रीय राजनीतिमा राम्रो पकड बनाएका काँग्रेस नेता बडू र एमाले नेता थापा जस्तै केन्द्र र जिल्ला तहमा राम्रो भोट ल्याउन सकिने भनिएका अन्य ठूला पार्टीका नेताहरू पनि समानुपातिकबाट चुनाव लडिरहेका छन् ।

पछिल्लो पटक भएको बाम गठबन्धन र लोकतान्त्रिक एकताले निर्वाचन परिणामको अहिले नै आँकलन गर्न सकिरहेको छैन । त्यसैले पनि ठूला नेताहरू प्रत्यक्षबाट जित्नेमा ढुक्क नभएकाले पनि समानुपातिकमा गएका हुन् तर नेताहरू यो मान्न तयार छैनन् । २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा जितेका धेरै नेताहरूले जनताको काम गरेका छैनन् । उनीहरूले जितेपछि काठमाडौँमै बस्ने, चुनावका बेला मात्रै गाउँमा आएर जनतालाई रैतीजस्तै व्यवहार गर्ने र गाउँठाउँको विकासमा पनि ध्यान नदिएकाले ठूला नेताहरूपति जनताको वितृष्णा बढेको छ भने अर्कोतिर प्रत्यक्ष चुनाव लड्नका लागि धेरै खर्च गर्नुपर्ने, पार्टी नेतृत्वलाई रकम दिनुपर्ने जस्ता कारणले पनि कतिपय नेताहरूले समानुपातिकबाट सांसद बन्ने सोच बनाएका छन् ।
तर कैलाली बहुमुखी क्याम्पसका राजनीति शास्त्रका सहप्राध्यापक रामचन्द्र जोशीले जितेर गएपछि जनमुखी काम गर्न नसकेकाले जनताले पराजित गर्ने डरले ठूला नेताहरू समानुपातिकतिर हानिएको तर्क गरे ।

salt training

कमेन्ट गर्नुहोस्