२१ जेठ २०८३, बिहीबार

स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन: कोइराला

भदौ ४, २०८१
काठमाडौं
स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन: कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताएका छन् । 

सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिए । 

नेता डा कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताए । “मेडिकल शिक्षा अत्यन्त महङ्गो र हुनेखानेले मात्र पढ्ने खालको बनेको छ, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको वातावरण सहज बनाउनुपर्छ”, डा कोइरालाले भने । 

उनले सरकारी अस्पतालमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएको बताए । “त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन, अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु”, उनले प्रश्न गरे । 

 स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्